दमक/  दमक ५ स्थित सानो प्रयास युवा समाजले मंगलबार झुल र कापीकलम वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले दमक ९ को मिलन टोलका सुकुम्बासी तथा विपन्न परिवारलाई झुल वितरण गरेको छ । यसका साथै स्थानीय विद्यार्थीहरूलाई कापी र कलम पनि वितरण गरिएको थियो ।

सो वितरण कार्यक्रमबाट ३० परिवार र २४ जना विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएको संस्थाका अध्यक्ष छवि खतिवडाले जानकारी दिए ।
झुल र कापीकलम वितरण कार्यक्रममा संस्थाका अध्यक्ष खतिवडा, सचिव वालचन्द्र कार्की, नेपाल तामाङ घेदुङ संघका दमक नगर अध्यक्ष दुर्गा तामाङ, डाक्टर केशर गुरुङ, ओम शान्ति डेन्टलका सञ्चालक कमल गैरे लगायत संस्थाका पदाधिकारी र सदस्यहरुसहित स्थानीयको बाक्लो उपश्थिति रहेको थियो ।

समाज सेवा गर्ने उदेश्यले कोरोना कालमा स्थापना गरिएको सानो प्रयास नामक यस संस्थाले कोरोना कालमा समस्यामा परेकाहरुलाई खाना खुवाउने, मास्क र सेनिटाइजर वितरण गर्ने काम गरेको थियो भने दमक बजारमा २० वटा डस्वीन राख्ने काम गरेको र सरसफाई कार्यक्रम गर्ने गरेको अध्यक्ष खतिवडाले जानकारी दिए ।

Facebook Comments Box