दमक/ झापाको दमकमा नसर्ने रोगको निशुल्क परीक्षण गर्न शुरु गरिएको छ । दमक नगरपालिकाले बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको प्राविधिक सहयोगमा परीक्षण शुरु गरिएको हो ।
प्रतिष्ठानको केएचडीसी कार्यक्रम अन्तर्गत मुटु, मृगौला, रक्तचाप तथा मधुमेहको निशुल्क परीक्षण सञ्चालन गरिएको हो ।
नगरप्रमुख रोमनाथ ओलीको स्वास्थ्य परीक्षण गरि सेवा शुरु भएको हो । परीक्षण सेवा प्रत्येक १५ दिनमा दमकमानै हुने दमक नगरपालिका, स्वास्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले जानकारी दिनु भयो ।
बिभिन्न जटिल रोग लागे पछि उपचार महङ्गो हुने भएकाले त्यस्ता रोग लाग्नैबाट बचाउने उदेश्यले कार्यक्रम शुरु गरिएको नगरउपप्रमुख गीता अधिकारीकारीले बताउनु भयो । सेवा शुभारम्भको पहिलो दिन २ सय जना भन्दा बढिको निशुल्क स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।