धनकुटा/धनकुटाको मार्गामा फोहोर फाल्न बनाइएको खाल्डो ( पोखरी) मा डुबेर दुईजना बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका वडा नम्बर १० मार्गामा रहेको विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर ति बालकको ज्यान गएको धनकुटाका प्रहरी निरीक्षक अनिल कुमार शाहले जानकारी दिए ।
मृत्यु हुनेमा धनकुटा नगरपालिका वडा नम्बर १० का ११ वर्षीय मनिष खतिवडा र धनकुटा नगरपालिका–९ का १५ वर्षीय दिपेश ओझा रहेका छन् । घटनाका बारेमा थप अनुसन्धान गर्न पोखरीलाई प्रहरीले घेरा हालेर सुरक्षित गरेको जनाइएको छ ।

 

Facebook Comments Box