चितवन/ माओवादी केन्द्रका नेता कालीबहादुर खाम हत्या मुद्दामा कारागार चलान भएका छन । जिल्ला अदालत चितवनको आदेश अनुसार उनी थुनामा गएका हुन ।
शुक्रबार न्यायाधीश दयाराम ढकालको इजलासले रामहरि श्रेष्ठको अपहरण तथा हत्याको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
श्रेष्ठको २०६५ वैशाख २८ गते तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजन शिविर शक्तिखोरमा हत्या गरेर त्रिशुली नदीमा शव फालिएको थियो । सोही घटनाको मुख्य योजनाकार खाम रहेको अनुसन्धानको निस्कर्ष छ ।
घटना तेस्रो डिभिजन शिविरका डिभिजन कमाण्डर खामको निर्देशनमा भएको मृतककी श्रीमती रमिला श्रेष्ठले किटानी जाहेरी दिएकी थिइन्।् ।
घटनामा तत्कालीन तेस्रो डिभिजन शिविरका ब्रिगेड कमान्डर गोविन्द बटाला पक्राउ परेका थिए । तर उनलाई सर्वाेच्च अदालतले सफाइ दिएको छ ।
श्रेष्ठलाई लगिएको गाडीका चालकलाई २० रुपैयाँ जरिवानाको फैसला भएको थियो । अरु प्रतिवादीहरुसँगै फरार रहेका खाम केहीदिन अघि काठमाडौंबाट पक्राउ परेका थिए । हत्यामा संलग्न भनिएका केशव अधिकारी र गंगाराम थापा भने अझै फरार छन् ।

Facebook Comments Box