काठमाडौं/ नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा भएको छ। नेपाल प्रहरीको प्रधान कार्यालयस्थित बढुवा समितिको सचिवालयले उनीहरूको बढुवा भएको जानकारी दिएको छ ।
बढुवा हुनेहरू २०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । सो समूहमा ९८ जना प्रतिस्पर्धामा थिए । रिक्त दरबन्दी १९ रहेकाले उनीहरुमध्ये १९ जनालाई बढुवाका लागि सिफारिस गरिएको हो ।
