दमक/ नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृह जिल्ला झापामा ओलीका संसद प्रतिनिधि तुलसी कार्कीले पार्टीको जिल्ला कमिटी सचिवमा उम्मेदवारी दिएपछि पार्टी भित्र तिब्र आलोचना शुरु भएको छ ।
सचिवमा कार्कीसँगै बोधराज घिमिरेले उम्मेदवारी दिएका छन । कार्की ओलीको संसद प्रतिनिधि छँदाछँदै जिल्ला सचिवका लागि अघि बढ्नुका पछाडी ओलीले उनको नाम आफू निकटकाहरुबाट अघि सारिनुलाई कारण मानेका छन ।
दमक घर भएका घिमिरे भुमिगतकालदेखिनै पार्टी गतिविधिमा सक्रिय कार्यकर्ता हुन । उनी अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष दमकमा वडा कमिटी अध्यक्ष, नगर कमिटी सदस्य हुदै सचिव र अध्यक्ष हुदै २५ वर्षदेखि निरन्तर जिम्मेवारीमा छन ।
ओलीका संसद प्रतिनिधि कार्की झापाको भूगोलमा त्यति परिचित नेता होइनन । काठमाडौमा व्यवसाय गरेर बसेका उनी २०७६ सालमा ओलीकै निर्देशनमा जिल्ला कमिटीमा मनोनित भएका नेता हुन् । उनी त्यस लगत्तै ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पार्टीको क्षेत्रीय संयोजक बनेका हुन तर पार्टी संगठनमा कार्यकर्ताबाट अनुमोदित भने होइनन । उनी गौरादहका बासिन्दा हुन । कार्की २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षको उम्मेदवार बन्नका लागि पनि ओलीसँग धाएका थिए । तर पार्टीले वडा भित्र आन्तरिक निर्वाचन गरेर उम्मेदवार छनोट गर्दा रिङआउट भएका थिए ।