दमक/ देशभर एकसाथ शुरु भएको एसइइ परीक्षा अन्तर्गत दमक र कमलमा आज पहिलो दिन अंग्रेजी बिषयको परीक्षा मर्यादित र शान्तिपूर्ण रुपमा सञ्चालन भएको सम्बद्ध शिक्षा अधिकारीहरुले जनाएका छन् । दमकका विभिन्न पाँच वटा सामुदायिक बिद्यालयका परीक्षा केन्द्रमा १ हजार ७ सय ३८ जना छात्र छात्रा सहभागी भएका छन ।
दमक नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख प्रविण खडकाका अनुसार दमकको हिमावि, ढुकुरपानी मावि, सरस्वती मावि , पशुपति संस्कृत मावि र पाणिनी माविलाई यस बर्ष एसइइ परीक्षाका केन्द्र तोकिएका छन ।
ति मध्ये हिमावि परीक्षा केन्द्रमा सबैभन्दा धेरै परीक्षा रहेका खडकाले जानकारी दिए । परीक्षा नियन्त्रण कार्यलयले गरेको परीक्षा सम्बन्धिको व्यवस्था अनुसार सम्बन्धित बिद्यालयका प्रधानाध्यापकनै केन्द्राध्यक्ष तोकिएका छन ।
एउटा बिद्यालयका बिद्यार्थी (परिक्षार्थी)का लागि अर्को (फरक) बिद्यालय परिक्षा केन्द्र तोकिएका छन । दमकमा एक जना दृष्टिबिहिन परीक्षार्थी एसइइ परीक्षामा सामेल छन ।
त्यसैगरी कमल गाउँपालिकाका पाँच वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेका अनुसार कमलमा एसइइ परीक्षा दिने छात्र भन्दा छात्राको संख्या धेरै छ । त्यहाँ ३९६ छात्रा र ३४८ जना छात्रा गरी ७४४ जनाले परीक्षा दिइरहेका छन । कमलमा ग्रेड बृद्धितर्फ १६ जना परीक्षार्थी सहभागी छन भने यहाँका परीक्षा केन्द्रमा दमक र शिवसताक्षी नगरपालिकाका बिद्यार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

 

Facebook Comments Box