ढुङ्गाले लागेर एक जनाको मृत्यु

Author Nishkarsha News
२०८० चैत्र १३, मंगलवार १९:१५
ताप्लेजुङ/ ताप्लेजुङको फुङलिङ नगरपालिका- ३ का ५९ बर्षिय रामचन्द्र गुरुङको ढुङ्गाले किचेर मृत्यु भएको छ । हिजो दिउँसो ३ बजे सोही स्थानमा रहेको ईन्द्रेणी कबर्ड हल नजिकै ढुङ्गा फुटाएर खाजा खान बसेका उनको माथिबाट झरेको ढुङ्गाले किचेर घटनास्थलमानै मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्