श्रीमतीको हत्या आराेपमा पक्राउ

Author Nishkarsha News
२०८० चैत्र २, शुक्रबार १९:१३

सिरहा/ आफ्नै श्रीमती ४० वर्षीया कुमियाँ देवी दासको हत्या गरेको अभियोगमा लक्ष्मीपुरपतारी गाउँपालिका-६ सितापुर बस्ने श्रीदेव दास भन्ने ५६ वर्षीय राम सितल तत्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तत्माले धारिलो हतियार खुकुरी प्रहार गर्दा कुमियाँ देवीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सितापुर र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्