कमलमा महिला दिवस, उद्यमी र मजदुर महिलासँगै असल बुहारीलाई सम्मान

Author Nishkarsha News
२०८० फाल्गुन २५, शुक्रबार १७:२२

दमक/ झापाको कमल गाउँपालिकाले शुक्रबार ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर विभिन्न क्षेत्रका महिलालाई सम्मानसहित महिलाहरुलाई आयआर्जनमा जोडन सहयोग हस्तान्तरण गरेको छ ।

गाउँपालिकाको सभाकक्षमा गाउँपालिका अध्यक्ष हुकुम सिंह राइको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच गाउँपालिका भित्रका विपन्न परिवारका १४ जना महिलालाई स्वरोजगार बनाई आय आर्जनमा सघाउ पुरयाउने उद्धेश्यले व्यवसायिक प्रयोजनका ठेला प्रदान गरिएको छ ।

त्यस्तै उद्यमका माध्यमबाट महिलाहरुलाई रोजगारको अवसर सिर्जना गरेको भन्दै बबिता तिम्सिना पोखरेलसहित तीन जना महिलालाई सम्मान गरिएको छ । उनी कमल ६ स्थित दिव्यदृृष्टी नामक पुजा सामग्री उद्योग सञ्चालन गर्ने मध्येकी एक सञ्चालिका हुन । त्यस्तै शान्ता उप्रेती र अर्की एक उद्यमी महिलालाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै गाउँपालिकाले असल बुहारीका रुपमा भिमा भण्डारी, निर्मला कार्की, प्रिमिका राई, उमादेवी ढुंगेल, लक्ष्मी श्रेष्ठ बिक, बबिता खरेल बाँस्कोटा र शोभादेवी दाहाललाई सम्मान गरिएको छ । त्यस्तै श्रमिक महिला तर्फ सविता दर्जी, महिन्द्रा चेम्जोङ, डिकुरी सार्की, कल्पना राई, सिटी सफारी चालक सुशीला राजवंशी,कृष्णमाया भण्डारी र निर्मला सुनुवारलाई सम्मान गरिएको छ ।

७ जनालाई सम्मान गरेको छ । उनीहरुलाई कमल गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष प्रमिला न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य लगायतले सम्मान गरे ।कार्यक्रममा महिला बालबालिका शाखा रिता कार्कीले औचित्यमाथि प्रकाश पारेकी थिइन ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्