म्याङलुङको पाथीभरा मन्दिर परिसरमा आगलागी

Author Nishkarsha News
२०८० फाल्गुन १६, बुधबार १८:२०

काठमाडौँ/ तेह्रथुमको म्याङ्लुङस्थित पाथीभरा मन्दिर परिसरमा आगलागी भएको छ ।

बुधवार पाथीभरा मन्दिर परिसरमा आगलागी भएको हो ।

उक्त आगलागीमा कुनैपनि मानवीय क्षति नभएको तेह्रथुमका डिएसपी टेक बहादुर कार्कीले मकालुखबरलाई जानकारी दिए ।

उनले भिरमा आगलागी भएकाले निभाउन गाह्रो भएको बताए । उनका अनुसार मन्दिरमा सामान्य क्षति मात्र भएको छ ।

आगो निभाउने प्रयास जारी रहेको उनले बताए ।

–मकालु खबर बाट 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्