काठमाडौँ/ तेह्रथुमको म्याङ्लुङस्थित पाथीभरा मन्दिर परिसरमा आगलागी भएको छ ।
बुधवार पाथीभरा मन्दिर परिसरमा आगलागी भएको हो ।
उक्त आगलागीमा कुनैपनि मानवीय क्षति नभएको तेह्रथुमका डिएसपी टेक बहादुर कार्कीले मकालुखबरलाई जानकारी दिए ।
उनले भिरमा आगलागी भएकाले निभाउन गाह्रो भएको बताए । उनका अनुसार मन्दिरमा सामान्य क्षति मात्र भएको छ ।
आगो निभाउने प्रयास जारी रहेको उनले बताए ।
–मकालु खबर बाट