दमक/ १४ औं राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लास्तरीय प्रतियोगिता शुरु भएको छ । अर्जुनधारा नगरपालिकामा पर्ने शनिश्चरे माविको खेलमैदानमा आयोजित औपचारिक कार्यक्रमकाबीच  प्रतियोगिताको कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री शम्शेर राईले गरेका छन ।
मन्त्री राईले खेलकुदको माध्यमबाट मात्र देशलाई विश्व सामु चिनाउन सकिने उल्लेख गर्दै खेलकुदको क्षेत्रमा लगानी बढाउन प्रदेश सरकार तयार रहेको बताए ।
झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुरु भएको उद्घाटन समारोहमा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देन, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । समारोहमा शनिश्चरे माविका छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए ।
सोही अवसरमा जिल्ला खेलकुद विकास समिति झापाले अर्जुनधारा नगरपालिकालाई सम्मान गरेको थियो ।
१३ औं राष्ट्रपति रनिङ शिल्डको विजेता बन्न सफल हुनका साथै नगरभित्र खेलकुदलाई प्राथमिकतामा राखेर खेलकुद गतिविधि सञ्चालन गरेको भन्दै समितिले अर्जुनधारा नगरपालिकालाई सम्मान गरेको थियो ।
सोही कार्यक्रममा आर्चरी विधामा अन्तर्राष्ट्रिय खेल खेल्न इराकको राजधानी बगदाद जान लागेकी समिति सदस्य गंगा तुम्बापोलाई मन्त्री राईले खादा लगाएर सफलताका लागि शुभकामना दिएका थिए ।
एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ विधाका विभिन्न इभेन्टका खेलहरु सञ्चालन गरिने प्रतियोगिताको पहिलो दिन भलिबल, कबड्डी र उुसुका खेलहरु भएका छन् ।

Facebook Comments Box