नवलपुर/ नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री बलराम पौडेलको बसको ठक्करबाट ज्यान गएको छ।
पौडेलको घटनास्थलमा नै मत्यु भएको हो ।
बुधबार बिहान ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिएको हो।
भरतपुर महानगरपालिका १७ विजयनगरका ६६ वर्षका पौडेल २०७८ पुस ९ गते बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री भएका थिए।
उनी कांग्रेसको महासमिति सदस्य हुन्। पौडेलको शव भरतपुर अस्पतालमा राखिएको छ। पौडेललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनका छोरा विदेश रहेकोले अन्त्येष्टि भने गर्न बाँकी रहेको छ।