वडाले स्वीटर दिएपछि इन्द्रेणीका बालबालिका खुशी

Author Nishkarsha News
२०८० माघ १०, बुधबार २२:१७

दमक/ झापाको गौरीगंज गाउँपालिका वडा नं. १ ले सो वडाको होक्कलवारीस्थित श्री इन्द्रेणी प्राथमिक विद्यालयमा अध्ययनरत विद्याथीहरु जाडोमा न्यानो कपडा  दिएपछि  खुशी भएका छन ।  वडा कार्यालयले उनीहरुलाई वडास्थित जनप्रतिनिधि र कर्मचारीहरु बिद्यालयमै आएर कपडा लगाइदिँदा खुशीले गदगद भएका हुन ।
वडा कार्यालयले चिसो बढ्दै गएपछि गत मंगलबार ८४ जना विद्यार्थीलाई न्यानो कपडा स्विटर वितरण गरेको हो ।
चिसो मौसमका कारण विद्यार्थीलाई पठनपाठनमा समस्या हुने र विद्यालयमा विद्यार्थी निरन्तर आउने वातावरण बनाउन वार्ड कार्यालयले न्यानो कपडा वितरण गरेको वडा नं. १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताए ।
वडाध्यक्ष राजवंशीले आगामी दिनमा समेत यस किसिमको सहयोगलाई निरन्तरता दिइने बताएका छन । उनले विद्यार्थीको पठनपाठनका लागि आवश्यक पर्ने सबै सहयोग गर्ने वचनसमेत दिए । अध्यक्ष राजवंशीले गरिब तथा विपन्न वर्गका बालबालिकालाई न्यानो कपडाले पठनपाठनमा सहयोग पुग्ने विश्वास लिइएको बताए ।
अधिकांश दैनिक ज्यालादारी गर्ने तथा श्रम क्षेत्रका अभिभावकका छोरा छोरीले पढ्ने सो विद्यालयको लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको वडा सदस्य राजभक्त सुनुवार बताउँछन ।
चिसोको समयमा समेत पातलो कपडामा बिद्यालय आउने गरेका बालबालिका न्यानो कपडा पाएसँगै खुसी भएका छन्। । बालबालिकालाई उपलब्ध गराएको स्विटरले चिसो मौसममा राहत पुगेको विद्यालयका प्रधानाध्यापक शिव मैनालीले बताए ।
विद्यार्थीलाइ न्यानो कपडा उपलब्ध गराएकोमा प्रधानाध्यापक मैनालीले धन्यवाद दिँदै यस्ता राहत स्वरुपका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । विद्यालयमा जनशक्तिको कमीले पठनपाठनमा समस्या भएको उनले बताए ।
न्यानो कपडा वितरणमा वडा सदस्य रेखा राजवंशी, वडा कार्यालयमा कार्यरत सन्तोष ढकाल, विद्यालय व्यवस्थापन समितिका सदस्य टेक बहादुर योङया, सोम मुर्मू, तारा लिम्बु, मुना हेमरम, देवी राजवंशीलगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सञ्चालन वडा सचिव सुमन रेग्मीले गरेका थिए ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्