दुर्घटनामा पाँच जना घाईते

Author Nishkarsha News
२०८० माघ ६, शनिबार ०९:४९

दमक/पूर्व पश्चीम लोकमार्गा अन्तर्गत झापाको कमल गाउँपालिका वडा नं ४ र ५ मा शुक्रबार दिउसो र साँझ भएका अलग अलग दुर्घटनामा पाँच जना घाईते भएका छन ।

सितापुरीस्थित लोकमार्गमा दमकबाट बिर्तामोड तर्फ जाँदै गरेको ना ७ ख ७६०५ नम्बरको बस विपरित दिशाबाट दुई वटा बस ओभरटेक गरी आई रहेकाले एक्कासी ब्रेक लागउदा सोहि स्थान (दिशा) बाट नै जाँदै गरेको मे१ह २४६७ नम्बरको अटो बसको पछाडि ठोक्किए र दुर्घटना हुँदा चार जना घाईते हुन । दुर्घटनामा अटो चालक बिर्तामोड १ का ५५ बर्षिय कामक्ष चौधरी घाँँटी र बाया हातमा चोट लागेको छ । अटोमा सवार विर्तामोडकै ५० बर्षिय गौरी चौधरी सोही ठाउँकी ४० बर्षिया अनिता चौधरी ४० बर्षिय बिष्णु चौधरी घाईते भएका ट्राफिक प्रदेश प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

उनीहरु थप उपचारका लागि बिएण्डसी अस्पताल विर्तामोड रेफर भएका छन ।

त्यसैगरी कमल गापा–५ पाथीभरा टोल अगाडी पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को९प ७९२९ नम्बरको मोटरसाइकलले तत्काल नामथर वतन नखुलेको पैदलयात्री अन्दाजी ४५ बर्षिय पुरुषलाई ठक्कर दिदा गम्भिर घाईते भएका छन । सोही समयमा विपरित दिशा वाट आउदै गरेको मे१च ५२१३ नम्बरको कारले ठक्कर दिँदा मोसा चालक पाचंथर तुम्वेवा गापा–५ बस्ने १९ बर्षिय दिपेश कुरुम्वाङ सामान्य घाईते भएका छन ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्