दाङ/ दाङमा पिकनिकका लागि आएका यात्रु बोकेको बस दुर्घटना भएको छ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले २५ जना घाइतेको उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र ४/५ जनालाई कोहलपुर पठाइएको जानकारी दिए।
तीमध्ये तीन जना गम्भीर भएको उनले बताए। बसमा करिब ४० जना सवार रहेको उनले बताए।