सरकारले गहुँको न्यूनतम मूल्य तोक्यो

Author Nishkarsha News
२०८० पुष १२, बिहीबार १७:३८

काठमाण्डाै/ सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य ताेकेकाे छ ।

आज बिहीवार सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ ताेकेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

बैठकका निर्णय सुनाउँदै प्रवक्ता शर्माले सरकारले प्रधानमन्त्री कार्यालयको अहिलेको दरबन्दीमा ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको बताउनुभयो । यसैगरी सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई तोकेको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्