दमक/ ताप्लेजुङको साविक तेल्लोक हालको श्रीजंगा गाउँपालिका वडा नं ३ का धनबहादुर लिम्बु वेपत्ता भएको ४० बर्षपछि भेटिएका छन । ६० बर्षको उमेरमा उनी भारतको सिक्कीममा फेला परेका हुन । उनी ४० बर्ष भन्दा अघिदेखि परिवारको सम्पर्कमा थिएनन ।
सिक्कीमस्थित अन्तराष्ट्रिय मानव परिषद नामक संस्थाले लिम्बुलाई दुई महिना अघि बेवारिसे अवस्थामा फेला पारेर परिषदद्धारा सञ्चालित पुनस्र्थापना केन्द्रमा राखेको थियो । शनिबार सो संस्थाले नेपाल प्रहरीसँगको समन्वयमा लिम्बुका भतिजा नाता पर्ने साविक तेल्लोक हालको श्रीजंगा ३ का ४५ बर्षिय आइतराज लिम्बुलाई जिल्ला प्रहरी कार्यालय झापाले जिम्मा लगाएको जिल्ला प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।