दमक/ नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघको कोशी प्रदेशको चौथो अधिवेशनले दिलकुमार लामिछानेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
संघका निवर्तमान अध्यक्ष अशोक सुवेदीको अध्यक्षतामा सम्पन्न अधिवेशनले उपाध्यक्षत्रयमा सन्तोष भट्टराई, श्यामबहादुर निरौला र पुष्प दाहाल, सचिवमा सुभाषचन्द्र गर्तौला,सहसचिवमा दिपक रिजाल र कोषाध्यक्षमा रामबहादुर श्रेष्ठ निर्वाचित भएका छन ।
सदस्यहरुमा शिवशंकर साह, विमल ढकाल, जीवन भट्टराई,अनुपकुमार दास, शुभद्रा मिश्र र रेवतीरमण लुइँटेल निर्वाचित भएका संघका नवनिर्वाचित सचिव गर्तौलाले जानकारी दिए ।

Facebook Comments Box