दमक/ दमकमा तीन जना युवा व्यवसायीहरुको संयुक्त लगानीमा ब्रोड वे क्याफे सञ्चालनमा आउने भएको छ ।
दमक ५ यलम्बर चोक नजिकै रहेको विस्ट फुटसल परिसरमा आकर्षक डिजाइनको संरचनासहित नयाँ आइटमका खाना परिकारहरुको सहज उपलब्धताका लागि यो क्याफे सञ्चालनमा ल्याइएको सञ्चालकहरुले बताएका छन ।

विपिन सुवेदी, विशाल पौडेल र विजु तामाङले करिव १ करोड ८६ लाख बढीको लगानीमा क्याफे सञ्चालनमा ल्याउन लागेका हुन । सञ्चालक सुवेदीले क्याफेमा एसियन र यूरोपीयन खानेकुराहरुको फ्युजन गरी बनाइएका खाना तथा खाजाका आइटमहरु उपलब्ध हुनेछन ।
पुष ६ गतेदेखि तीन दिन सम्म सो क्याफेको ग्राण्ड ओपनिङ गर्ने तयारी गरिएको सुवेदीले बताए । क्याफेका प्रमुख कुक करण प्रधानले यो क्याफेमा नेपाली खानासहित अडर अनुसारका विभिन्न भेज तथा ननभेजमा ग्राहकको माग अनुसार अरवियन र कोरियन परिकार समेत उपलब्ध हुने बताए । क्याफे ओपनिङको एक हप्तासम्म कलाकार सविन राई, ह्युमन आचार्य, रक हेड्स ब्याण्डले मनोरञ्जनात्मक प्रस्तुती दिने पनि सञ्चालक सुवेदीले जानकारी दिए । यसको उदघाटनका अवसरमा आगामी १ जनवरी सम्म विभिन्न परिकारहरुको मुल्यमा २० प्रतिशत सम्म र पेय पदार्थहरुको मुल्यमा १५ प्रतिशत सम्म छुट सुविधा समेत उपलब्ध गराइने सञ्चालकहरुले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।