रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट-१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेकोे रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो ।
दुर्घटना गएराति करिब १० बजेर १५ मिनेट जाँदा भएको कार्यालयले जनाएको छ । दुर्घटनामा अन्य नौजना घाइते भएका छन् । घाइते हुनेमा आठबीसकोट-८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबीसकोट-१० का ३८ वर्षीय रमेश सार्की, आठबीसकोट-८ का १४ बर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन् । घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।