दमक/ नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले दमक नगरपालिका–९ स्थित सरस्वती माध्यामिक बिद्यालयमा अध्ययनरत फरक क्षमता भएका (दृष्टि बिहिन) बिद्यार्थीहरुलाई न्यानो कपडा तथा फलफुल बितरण गरेको छ ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्य तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको अध्यक्षतामा बिद्यालयमा आयोजित कार्यक्रमकाबीच बिद्यालयमा अध्ययनरत फरक क्षमता भएका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा फलफुल बितरण गरिएको हो ।
सो अवसरमा प्रमुख अतिथी कुँवरले सामाजिक क्षेत्रमा कार्य गर्ने नेपाल प्रहरी श्रीमती संघको कार्य योजना र लक्ष्य अनुसार बिविध परोपकारी कार्यहरु निरन्तर संचालन गरिरहेको बताउदै आगामी दिनमा समेत सामाजिक कार्य तथा मानव सेवामा नेपाल प्रहरी श्रीमती संघ थप सशक्त रुपले उत्साहित भएर लागि पर्ने बताइन ।
कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा उप प्रमुख रेगिना भट्टराई प्रसाइँ, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशननाथ बास्तोला, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, बिद्यालयका शिक्षक शिक्षिकाहरु, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।
