ताप्लेजुङ/ताप्लेजुङ मिक्वाखोला गाँउपालिका १ बेसि गाँउकी ५५ बर्षीया एक महिलालाई खोलाले बगाएर वेपत्ता भएकी छिन् । स्थानीय सन्जमाया तामाङलाई खोलाले बगाउदा बेपत्ता भएकी हुन ।

शनिबार मध्यान्ह सन्जमाया ताप्लेजुङकै दोभान मेरिङदेन गाँउपालिका–३ स्थित मैवाखोला नजिक हिड्दै गर्दा ढुङ्गाबाट चिप्लिएर लडेकी थिइन् । सोही खोलाले बगाएर उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

उनको ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा खोजी भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box