दमक/ झापाको दमकमा शनिबारदेखी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान औपचारिक रुपमा शुरु भएको छ । १६ दिन सम्म औपचारिक रुपमा विभिन्न कार्यक्रम गरिने सो अभियानको दिप प्रज्वलन गरेर उदघाटन गरिएको हो ।
अभियान अन्तर्गत दमकमा अधिकारवादी विभिन्न संघ संस्था र सरकारी निकायहरुको संलग्नतामा प्रभातफेरीको आयोजना गरिएको छ ।
पञ्चैबाजासहित ईलाका प्रहरी कार्यालय दमकको सहजीकरणमा दमक नगरपालिका प्रमुख राम कुमार थापा, उपप्रमुख रेगिना प्रसाई भट्टराई, इलाका प्रशासन कार्यालय कार्यालय दमकका प्रमुख महेश्वर तिम्सिना, इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामा, नगरपालिकास्थित १० वटै वडाका जनप्रतिनिधिहरु , दमक नगरपालिका महिला स्वास्थ्य स्वयम सेबिका , लिड नेपाल दमक, दमक ज्येष्ठ अभिभावक सेवा समाज दमक, दमक अपाङ्ग समाज दमक, तेक्वान्दो संघ दमक, आम्दा अस्पताल दमक, भुटानी शरणार्थी महिला समुह दमक, असहाय मानव सेवा समाज लगायतका बिभिन्न सस्थाहरुका प्रतिनिधिहरु समेत करिब २५० जनाको सहभागितामा जनचेतनामुलक रयाली तथा प्रभातफेरीको आयोजना गरिएको हो ।
दमकस्थित गणतन्त्र चोकमा औपचारिक कार्यक्रम समेत गरिएको थियो । सहभागीहरुले लैंगिक हिंसा न्युनिकरण सम्बन्धि नाराहरु लेखिएको प्लेकार्ड बोकेर रयालीमा सहभागिता जनाएका थिए । सो रयाली दमक नगरपालिका कार्यालय परिसरमा पुगेर समापन भएको थियो । समापन कार्यक्रममा उपप्रमुख भट्टराईले लैङ्गिक हिंसा बिरुद्ध समाजका सामुहिक प्रतिबद्धताको खाँचो औंल्याइन ।

Facebook Comments Box