काठमाडौँ/ कोशी प्रदेश सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।
एमालेको समर्थनमा मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धनका दुई जनालाई मन्त्री बनाएपछि एमाले रुष्ट छ । एमालेले समर्थन फिर्ता लिने वा कायमै राख्ने बारे अहिले केहीबेरमा बस्ने कोशी संसदीय दलको बैठकले टुंगो लगाउने एमाले कोशी प्रदेश सांसद मिना श्रेष्ठले जानकारी दिइन् ।
सत्ता गठबन्धनका दुई मन्त्री बनेसँगै एमालेबाट मन्त्री बनेका रामबहादुर मगरले राजीनामा दिइसकेका छन् । उसले आफूहरू गठबन्धनमा नरहेको भन्दै समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ । यद्यपि सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिएर सत्ता जोगाउने कसरतमा लागेको छ ।