दमक/ नेकपा माओवादी केन्द्र कमल गाउँ कमिटी अध्यक्ष रविन गुरुङलाई पितृशोक परेको छ ।
कमल गाउँपालिका वडा नं ७ पिङडाँडा निवासी गुरुङका बुबा जालबहादुर गुरुङको ६८ बर्षको उमेरमा आज आइतबार दिउँसो निवासमानै निधन भएको हो । उनी नेपाल प्रहरीका अवकाश प्राप्त हवल्दार हुन । उनका एक श्रीमती, एक छोरा रविनसहित तीन छोरी छन ।
पाँचथरको फिदीममा जन्मिएका गुरुङ लामो समयदेखि झापाको तत्कालिन लखनपुर गाविस वडा नं ६ हालको कमल ७ मा बसोबास गर्दै आएका थिए । स्वर्गीय गुरुङको कन्काईमा कार्तिक २१ ग्ते मंगलबार बिहान १० बजे गुरुङ परम्परा अनुसार अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।