मासु अडकिएर ज्यान गयो

Author Nishkarsha News
२०८० कार्तिक ५, आईतवार २०:१६

दमक/  घाँटीमा मासु अड्किएर दैलेखमा आज आइतवार एक जनाकाे ज्यान गएकाे छ ।

घरमै मासु खाँदै गर्दा घाँटीमा अड्किएर नौमूले गाउँपालिका–६ माथिल्लो नाउलीका मस्टो देउताका धामी भनेर चिनिने ३९ वर्षीय दलबहादुर विकको ज्यान गएकाे वडा सदस्य खगिसरा विकले जानकारी दिनुभयो । मृतक विकका तीन छोरा र एक छोरी छन् ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्