इजरायलमा १० जना नेपालीहरुको हत्या भएको शोकमा सरकारले भोलि मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । तर, सार्वजनिक बिदा भने दिइएको छैन ।
स्रोतका अनुसार बैठकमा राष्ट्रिय शोक सँगसँगै सार्वजनिक बिदा दिने विषयमा छलफल भएको थियो । तर, निर्णय भएन । मन्त्रीपरिषद बैठकले इजरायलमा मारिएकाहरुका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । पुनश्चः यस अघि प्रकाशित यस सम्बन्धिको समाचारमा असावधानीका कारण भएको त्रुटीप्रति क्षमा प्रार्थी छौं ।