मंगलबार देशभर शोक विदा

Author Nishkarsha News
२०८० आश्विन २२, सोमबार १७:१४

इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले मंगलबार सार्वजनिक शोक विदा  दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय गरेको पनि मन्त्री शर्माले बताइन् । उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्