दमक/गएराती देखि भईरहेको बर्षाको प्रभाव चौतर्फी परेको छ ।

बर्षाका कारण ग्रामिण भेगका किसानले लगाएको धान खेतीमा राहत पुगेको छ भने तरकारी खेतीमा नोक्सानी भएको छ । भारी बर्षाका कारण पूर्वमा कन्काई , र सप्तकोशीमा पानी सतह उच्च रहने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

बर्षाले मौसम प्रतिकूल भएपछि भिजिबिलिटी कम भएकाले आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडानमा प्रभाव परेको छ । विमानस्थलमा चार किलोमिटर मात्र भिजिबिलिटी रहेको महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । भिजिबिलिटी कम भएकाले विमानको उडान र अवतरण बन्द गरिएको महानिर्देशक क्षेत्रीले बताए ।

Facebook Comments Box