दमक/ मोरङको बेलबारी नगरपालिका–२ स्थित भलुवा खोलामा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । हिजो सोमबार दिउँसो बेलबारी नगरपालिका–३ घर भई हाल मामा साङ्गे लामा संग बस्दै आएकी ३ बर्षीया बालिका सानी तामाङको डुबेर मृत्यु भएको हो । ति बालिका हराएको प्रहरी चौकी बवियाविर्तामा जानकारी आएपछि उनको खोजी गर्ने क्रममा आफन्त र प्रहरीले खोलामा डुबेको अवस्थामा उनलाई फेला पारेका प्रहरीले जनाएको छ । घटना बिषयमा ईलाका प्रहरी कार्यालय रंगेलीले थप अनुसन्धान अघि बढाइरहेको जनाइएको छ ।

Facebook Comments Box