ग्याँस चुहिएर दमकको जाबा क्याफेमा आगलागी

Author Nishkarsha News
२०८० आश्विन १३, शनिबार १४:१३

दमक/ सिलिण्डर ग्याँसको पाइपबाट ग्याँस चुहिएर आज झापाको दमक ६ स्थित एक क्याफेमा आगलागी भएको छ ।

आज शनिबार बिहान करिब साढे ८ बजे त्यहाँस्थित जाबा क्याफेमा आगलागी भएको हो ।

आगलागीका कारण त्यहाँ रहेका तीन वटा फ्रिज , एउटा ओभन र किचनमा रहेका अन्य सरसामानहरु जल्दा लाखौं बराबरको धनमाल नोक्सान भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । क्षतिको यकिन विवरण आउन बाँकी छ । आगलागी दमक नगरपालिकाको वारुण यन्त्र र इलाका प्रहरी कार्यालय दमकको टोलीले करीब एक घण्टापछि निभाएको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्