दमकमा आज कोशी प्रदेशस्तरीय अन्तर हस्पिटल फुटसल प्रतियोगिता हुँदैछ । प्रतियोगिता दमक ५ स्थित विस्ट फुटसल मैदानमा सञ्चालन हुने जनाइएको छ ।
दमकको सीटिसि फिजियोथेरापी , विकास एडभरटाईजीङ्ग एजेन्सी र रोपाना वेल्नेस सेन्टरको संयुक्त आयोजनामा हुने फुटसल प्रतियोगिताको पहिलो खेल कोशी अस्पताल विराटनगर र निम्स हस्पिटलबीच हुनेछ ।
स्वास्थ्यका लागि खेलकुद र अनुशासनको नारालाई आत्मसाथ गर्दै आज र यही २० असोजमा हुने प्रतियोगितामा प्रदेशका एक दर्जन हस्पिटल टिमहरुको सहभागिता रहने आयोजक समितिका संयोजक विनोद भट्टराईले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद ३० हजार रुपैयाँ र उपविजेताले नगद २० हजार रुपैयाँको राशीको नगद पुरस्कारसहित टफी र शिल्ड प्राप्त गर्नेछन । त्यस्तै उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही ५ हजारका दरले पुरस्कार पाउनेछन् ।
अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्य कर्मचारी तथा अस्पताल व्यवस्थापन र सञ्चालकहरुले समेत प्रतियोगितामा खेलाडीका रुपमा सहभागी हुनेछन । प्रतियोगिता अन्तर्गत पहिलो दिन क्वार्टर फाइनलसम्मका खेल हुनेछन् भने असोज २० गते सेमिफाइनल र फाइनल खेल हुनेछन् ।

Facebook Comments Box