दमक/ काठमाडौँको गैह्रीगाउँस्थित एउटा काठ मिल भित्र एकै परिवारका तीन जना अर्का एक युवकको हत्या भएको छ ।
शनिबार बिहान दिव्य स–मिलमा फेला परेका २ पुरुष र २ महिलाको शवको सनाखत हुँदा ति मध्ये तीन जना एकै परिवारका आमा, छोरा र बुहारी रहेका खुलेको हो ।
काठ मिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट सोधपुछका लागि काठमाडौँ महानगरपालिका ३२ तीनकुने बस्ने अन्दाजी २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीनेशराज मैनालीले जानकारी दिए ।
राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
गएराति करिब १२ बजे तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार गरेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । मारिने सबैको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको छ ।

घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत लगेर अनुसन्धान कार्य शुरु गरिएको प्रहरीले जनाएको छ ।
गैरीगाउँबाट सिनामंगलतर्फ जाने सडक किनारामै जोडिएको दिव्य स–मिल का सञ्चालक दोलखाको कालिञ्चोक गाउँपालिका घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटी भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box