दमक/ नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेशको प्रथम अधिवेशनले अरुण गुरुङको अध्यक्षतामा प्रदेश कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा जयप्रकाश रायमाझी, सचिव विनोद राना, सहसचिव द्वय निरजमानसिं वस्नेत र शरण फागो तथा कोषाध्यक्षमा दिपेन्द्र घिसिङ तामाङ चयन भएका छन । संघको प्रदेश कमिटी सदस्यहरुमा दमकबाट सुरेश काफले, कमलबाट दिपक खडका लगायत निर्विरोध निर्वाचित भएका छन ।
अधिवेशनले विभिन्न विभागीय प्रमुखहरुको समेत जिम्मेवारी तोकेको छ । जसअनुसार साइबर सर्कल प्रमुखमा सागर पोखरेल , महिला विभाग प्रमुखको जिम्मा पार्वती तामाङ र संगठन विभाग प्रमुखको जिम्मेवारी आनन्द राईलाई दिइएको छ ।
अधिवेशनले मनोज रायलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । युथ फोर्स प्रमुखमा भने राजन बानिया निर्वाचित भएका छन् ।
अधिवेशनको एमाले संसदीय दलका उपनेता सुभाष नेम्बाङ्ले गरेका थिए । उदघाटन सत्रमा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकाल, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राई, केन्द्रीय सदस्य यज्ञराज सुनुवार, युवा संघ पूर्व अध्यक्ष तथा पूर्व मन्त्री महेश बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।