काठमाडौं / नेपाली लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको अन्तिम बहस जिल्ला अदालत, काठमाडौंमा बिहीबार हुँदैछ ।  उनको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलामा परेको छ । उनको मुद्दा ३ नम्बरमा रहेकाले अन्तिम बहसको सम्भावना रहेको छ । यसअघि सन्दीपको मुद्दाको बहस पटक–पटक स्थगित हुँदै आएको छ ।

जिल्ला अदालत, काठमाडौंले आजका लागि फैसला पेसी तोकेपछि आज तीन नम्बरमा सनुवाइ परको हो । यसअघि गत १० भदौमा मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो । सन्दीप एसिया कपमा मुद्दाका कारण टिमसँगै पाकिस्तान जान पाएका थिएनन् । तर उनी केही ढिला गरी पाकिस्तान पुगेका थिए ।

पाकिस्तान र भारतसँगको खेलपछि नेपाली टोली समूह चरणबाटै बाहिरिँदै बुधबारमात्र स्वदेश फर्किएको छ ।

Facebook Comments Box