दमक/ झापाको कमल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको स्व. प्रमोद तामाङ उत्कृष्ट राष्ट्रसेवक पुरस्कारबाट पुरस्कृत भएका छन ।
शुक्रबार संगठनको भद्रपुरस्थित कार्यालय परिसरमा संगठनका अध्यक्ष केदार पोखरेलको अध्यक्षतामा आयोजित समारोहमा शाक्यलाई सो पुरस्कारबाट सम्मान गरिएको हो ।
कोशी प्रदेशसभा सदस्य छविलाल चूडालको प्रमुख आतिथ्यमा संगठनका कोशी प्रदेश इञ्चार्ज लक्ष्मीप्रसाद गुरागाईं, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेल, संगठनका कोशी प्रदेश अध्यक्ष काशीराज पराजुली, नेकपा एमाले झापा जिल्ला उपसचिव असारु राजवंशी लगायतले दोसल्ला ओढाएर सम्मानपत्र हरुतान्तरण गरेका थिए ।
सो कार्यक्रमका वक्ताहरुले निजामती सेवा ऐन जारी हुन नसक्दा प्रशासनिक सेवा प्रवाहमा समस्या उत्पन्न हुने गरेको बताउँदै संघ र प्रदेशले यथासक्य ऐन जारी गर्नुपर्ने उल्लेख गरेका थिए ।
सोही अवसरमा कनकाई नगरप्रमुख पोखरेलले स्व. प्रमोद तामाङ स्मृति अक्षय कोष बृद्धिका लागि आफ्नो एक महिनाको तलब बराबरको रकम रु. ३५ हजार सहयोग गर्ने घोषणा गरेका थिए ।

Facebook Comments Box