दमकमा पहिलो अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता

Author Nishkarsha News
२०८० भाद्र १५, शुक्रबार १७:२६

दमक/ दमकमा पहिलोपटक अन्तर बिध्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको शुक्रवार सम्पन्न ग्रान्ड फिनालेमा दमक ५ स्थित सर्बोदय बोर्डिङ स्कुल पहिलो , इन्स्पायर बोर्डिङ स्कुल दोस्रो र सनराइज मोडल बोर्डिङ स्कुल तेस्रो भएका छ्न । प्रतियोगितामा प्रजिता बोर्डिङ स्कुल र शिखर ज्योतीले सान्तवना पुरस्कार जितेका छ्न । प्रतियोगितामा पहिलो हुनेले नगद ५१ हजार , दोस्रो हुनेले ३१ हजार, तेस्रो हुनेले २१ हजार तथा सान्तवना हुनेले ११/११हजार रुपैया पुरस्कार हात पारे ।

प्रतियोगितामा सहभागीताका लागि यश अघि नगरपालिकाले गरेको पत्राचारका आधारमा ४८ बिध्यालयले आवेदन गरेकामा ११ बिध्यालय अन्तिम प्रतिस्पर्धामा रहेका नगरपालिकाका शिक्षा अधिकृत प्रबिण खडकाले जानकारी दिए । प्रतियोगिताको दमक नगर प्रमुख रामकुमार थापाले उदघाटन गर्दै नगरका सामुदायिक र सस्थागत तथा निजी बिध्यालयहरुलाई सगसगै अघि बढाउन चाहेको उल्लेख गरे । प्रतियोगितामा विभिन्न जातजातीको मौलिकता झल्किने लोक गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्यद्वय होम थापा , नम्बरलाल धिमाल , साहित्यकार एवं शिक्षाबिद खेमलाल पोखरेल लगायतको आतिथ्य रहेको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्