दमक/ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज अकस्मात दमक आउने कार्यक्रम बनेको छ ।
पार्टीका क्षेत्रीयस्तरको कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली मध्यान्ह १२ बजे दमक आउने कार्यक्रम बनेको एमालेले जनाएको छ । भेलामा क्षेत्रीयस्तरका नेता कार्यकर्ताहरुसँगै पार्टीका तर्फबाट निर्वाचित सबै तहका जनप्रतिनिधिहरु पनि सहभागी हुने जनाइएको छ ।
हिजो विराटनगर आइपुगेका अध्यक्ष ओली आज अकस्मात दमक आउने कार्यक्रम शुक्रबार साँझ मात्रै तय भएको बताइएको छ ।

Facebook Comments Box