दमक/ दमकस्थित जीवन चक्र समाज नेपालको पाँचौ स्थापना दिवस तथा साधारण सभाले तेस्रो कार्यकालका लागि पुनः गणेश गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संस्थाका कोष दाता सिताराम पोख्रेलको प्रमुख आतिथ्यमा भएको साधारण सभाले उपाध्यक्षमा बेनुराज प्रसाई सचिवमा गणेश प्रधान , कोषाध्यक्षमा बिदुर भन्डारी तथा सदस्यहरुमा डिल्ली अधिकारी, खगेन्द्र बराल, टंक प्रसाद दाहाल , बिन्दु सिटौला ,र डा. लेखनाथ न्यौपानेलाई चयन गरेको निर्वाचन संयोजक पत्रकार सुब्बाले जानकारी दिए । संस्थाको प्रवक्तामा टेकनाथ भण्डारीले जिम्मेवारी पाएका छन ।
सभामा होटल व्यवसायी संघका कोशी प्रदेश अध्यक्ष राजन दंगाल, पत्रकार अनिलदेव राई लगायतले पनि शुभकामना दिएका थिए ।
नयाँ नेतृत्व चयन गर्न पत्रकार सुब्बाको संयोजकत्वमा अनिलदेव राई, पारष आचार्य रहेको तीन सदस्यीय निर्वाचन मण्डली चयन गरेको थियो । निर्वाचन मण्डलीका तर्फबाट संयोजक सुब्बाले बधाई शुभकामना तथा नवनिर्वाचित अध्यक्ष गौतमले प्रतिवद्धता मन्तव्य राखेका थिए ।

 

Facebook Comments Box