दमक/ पाँचथरको फिदिम नगरपालिका ११ मा पर्ने फेवादिनमा भएको स्कुटर दुर्घटनामा पत्नीको मृत्यु भएको छ भने पति घाइते भएका छन ।
आज बिहान साढे ७ बजे नागिनबाट फिदिमतर्फ आउदै गरेको प्रदेश १–०३–००१ प ५२७१ नम्बरको स्कुटर आफंै अनियन्त्रित भई दुर्घटना हुदा स्थानीय ६५ बर्षिया मायादेवी कार्कीको मृत्यु भएको हो । सो स्कुटर उनका पति ७० बर्षिय हेम कुमार कार्कीले चलाएका थिए । दुर्घटनामा घाईते भएका उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर लगिएकोमा उपचारको क्रममा मायादेवी कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ ।

Facebook Comments Box