दमक/ झापाको कनकाई नगरपालिका १ स्थित सिर्जना टोलमा पानीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।
स्थानीय विजय भुजेलकी ४ वर्षीय छोरी निशा भुजेल र प्रकाश जोगीका अढाई वर्षीय छोरा कुमार जोगीको भैँसी आहाल बस्ने पानी जमेको खाल्डोमा डुबेर बिहिबार अपरान्ह करिब ५ बजे मृत्यु भएको हो ।
बाघे खोलाले बनाएको खाडलमा जमेको पानीमा खेल्ने क्रममा दुबै बच्चाको डुबेर मृत्यु भएको हो ।
घरदेखि पूर्वमा रहेको बाघे खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेर निशाको घट्नास्थलमा नै मृत्यु भएको थियो भने गम्भीर अवस्थाका जोगीलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पुर्याउनसाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।