पहिराेमा आमा छाेराकाे ज्यान गयो

Author Nishkarsha News
२०८० श्रावण ८, सोमबार १०:४२

बैतडीकाे पुर्चौडी नगरपालिका-२ को भैरुमा पहिराेमा परि आमा छाेराकाे ज्यान गएकाे छ । गएराति घरमाथिबाट खसेको पहिरोले पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उहाँका पाँच वर्षीय छोरा रिजन जागरीकाे ज्यान गएको हो ।

पहिराेमा पुरिएर अञ्जुका श्रीमान् गोब्बर जागरी घाइते हुनुभएकाे इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिनुभयो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्