दमक/ पटक पटक बैंकिङ कसुर तथा चेक अनादर मुद्धामा फरार हुँदै आएका झापा दमक ७ का ४८ बर्षिय भिमकुमार श्रेष्ठलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
ऋण दिए वापत कम मोलमा आफू जग्गा पास लिएर तेस्रो व्यक्ति , बैंक तथा सहकारी संस्थाबाट दोब्बर, तेब्बर बढी कर्जा लिई अपचलन गर्ने गरेका श्रेष्ठका विरुद्ध पटक पटक बैंकिङ कसुर तथा चेक अनादर मुद्धामा अदालतले कैद सजाय तथा जरिवाना सुनाएको थियो ।
श्रेष्ठलाई झापा जिल्ला अदालतको मिति २०७३।०३।१४ गतेको फैसलाले ३००० रुपैयाँ जरिवाना तथा सोही अदालतको मिति २०७५।०३।२ गतेको फैसलाले रु.१०००।– जरिवाना र उच्च अदालत ईलाम ईजलासको मिति २०७९।०८।२१ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १० दिन कैद , १ लाख ५० हजार जरिवाना तोकेपछि फरार रहेका थिए । श्रेष्ठले बर्षौ अघिदेखि दमकमा व्यवसाय गर्दै बैंक तथा सहकारी संस्थाका कर्मचारीहरुसँगको सेटिङमा मिटरब्याजमा कारोबार गर्ने गरेका थिए ।

Facebook Comments Box