दमक/इलामको माङ्सेबुङ गाउँपालिका वडा नं ५ स्थित बाह्रलाखेका ८ घर आगलागीमा जलेका छन ।
सोमबार राति करिब २ बजे स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागीबाट त्यस आसपासमा रहेका ८ वटा घर पनि जलेका इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार आगलागीबाट ५३ लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको अनुमान गरिएको छ ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा बिहान ५ बजे आगो नियन्त्रणमा आएको उनले जानकारी दिए । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।