पहिरोबाट उद्धार गरिएकी ९ बर्षिया बालिकाको ज्यान गयो

Author Nishkarsha News
२०८० असार ३, आईतवार २०:४०

पाँचथर/ पाँचथरको फालेलुङ गाउँपालिका–३ मा पहिरामा परेर जीवितै उद्धार गरिएकी बालिकाको ज्यान गएकाे छ । स्थानीयवासीले फालेलुङ–३ खोलाघारीमा रहेकाे मनप्रसाद राईको घरमा पुरिएकी नाै वर्षीया जुना सावदेनको आइतवार बिहान जीवितै उद्धार गरेका थिए । बिहान जीवितै उद्धार गरिएकी उनकाे पाँचथर अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले जानकारी दिनुभयो ।  मध्यरातमा घर माथिबाट खसेको पहिराले मनप्रसादको घर बगाएको थियो । मनप्रसाद र उनकी श्रीमती भागेर ज्यान बचाउन सफल भए पनि सुतिरहेकी जुना पहिरोमा परेकी थिइन् ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्