दमक/झापाबाट प्रकाशन हुँदै आएका साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक भेलाले साप्ताहिक पत्रिका सञ्जाल झापा गठन गरेको छ ।
आज विर्तामोडमा भएको भेलाले सञ्जालको अध्यक्षमा तिर्थ सिग्देल ( विराट ज्योती) , उपाध्यक्षद्धयमा विष्णु पौडेल ( निष्कर्ष न्यूज), र इन्दु पूर्वेली ( जनआन्दोलन) सचिवमा राजु पाठक ( मेची खबर) , सहसचिवमा सेलिङ केसी ( सतासी ) र कोषाध्यक्षमा डम्बर बराल रहेका छन् । सदस्यहरुमा राम निरौला, अनिल वाग्ले, द्रोण अधिकारी , राजन साम्पाङ र वेणु अधिकारी रहेका छन् ।
सो सञ्जाललाई संस्थाका रुपमा दर्ता गरी साप्ताहिक व्यवसायिक पत्रकारिताको बिकासका लागि सक्रिय बनाउने अध्यक्ष सिग्देलले बताए ।
सञ्जालका सल्लाहकारहरुमा गोविन्दचन्द क्षेत्री, माधव विद्रोही, कृष्ण हुमागाइँ, दिपिन राई लगायत रहेका छन् ।
भेलामा नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्षहरु गोविन्दचन्द क्षेत्री, माधव विद्रोही, कृष्ण हुमागाइँ, पत्रकार महासंघ झापा शाखाका सचिव सन्तोष आचार्य, प्रदेश कमिटी सदस्य रेजिना रोदन लगायतले साप्ताहिक पत्रिकाको योगदान, गरिमा र महत्वका बिषयमा धारणा राख्दै शुभकामना दिएका थिए ।