जापान पठाउने भन्दै अढाई करोड ठगी गर्ने कारागार चलान

Author Nishkarsha News
२०८० असार १, शुक्रबार १६:४६

दमक/ राजवंशी कोटामा जापान पठाईदिने भन्दै ३५ जनासँग अढाई करोड रुपैयाँ भन्दा बढी रकम असुल गरी ठगी गर्ने एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन ।  मोरङको सुनवर्षी नगरपालिका वडा नं.–६ का ३५ बर्षिय अजय कुमार राजबंशीलाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
राजवंशीले विगत ४ बर्षदेखि बैदेशिक रोजगारको सिलसिलामा जापानमा रहेको र निराजय कुमार राजबंशी समेत ३५ जनालाई जापान लाने भनि दुई करोड अन्ठाउन्न लाख पचहत्तर हजार रुपैयाँ रकम ठगी गरेको आरोप छ । उनलाई गत जेठ ५ गते सो मुद्धामा प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान पश्चात गएको बुधबार अदालतमा उपस्थित गराएको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्