दमक कान्तिपुर फाण्डेशनमा १२० पिन्ट रगत संकलन, अधिकांश नयाँ रक्तदाता

Author Nishkarsha News
२०८० जेष्ठ ३०, मंगलवार १३:०३

दमक/ दमकमा ७ बर्ष अघिदेखि सञ्चालनमा रहेको दमक कान्तिपुर एजुकेशनल फाउण्डेशनले अन्तराष्ट्रिय रक्तदाता दिवसको अवसर पारेर आयोजना गरेको रक्तदानमा १२० पिन्ट रगत संकलन भएको छ । फाउण्डेशनले दिवसको अवसरमा मंगलबार बिहान कार्यालय प्राङगणमा गरेको रक्तदानमा सो संस्थाका सञ्चालक, कर्मचारी र अध्ययनरत बिद्यार्थीहरुले रक्तदान गरेका थिए ।
सो अवसरमा फाउण्डेशनका राम पौडेल, तारा भट्टराई , अनिस चापागाइँ लगायत सहभागी थिए । रक्तदान लगत्तै सो परिसरमा रहेको फोहोरमैला संकलन गरि व्यवस्थापन गरिएको थियो । सो फाउण्डेशनमा कोरियन , जापानीज भाषाका अतिरिक्त टयुशन र कम्प्युटर कोर्ष सम्बन्धिका कक्षाहरु सञ्चालित छन ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्तसञ्चार शाखाले प्राविधिक सहयोग गरेको रक्तदानमा ७० प्रतिशत बढी रक्तदाताहरु पहिलो पटक रक्तदानमा सहभागी भएका जनाइएको छ । सो अवसरमा शाखा इञ्चार्ज सिद्धार्थ दाहालले भाषा परिक्षा अध्ययनरत बिद्यार्थीहरुलाई कक्षाकोठामा गएर रक्तदानको महत्व र यसका फाइदाहरुका साथै यसका लागि पालना गर्नुपर्ने नियमहरुका बारेमा जनचेतनामुलक प्रशिक्षण समेत दिएका थिए । उनका अनुसार रक्तदाता दिवसको सन्दर्भ पारेर विभिन्न सामाजिक संघ संस्थाहरुले पनि रक्तदान कार्यक्रम राखेका छन । दमकमा बर्षेनी करिब आधा दर्जन संघ संस्थाहरुको मात्रै रक्तदान कार्यक्रममा एक सय पिन्ट भन्दा बढी रगत संकलन हुने गरेको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्