दमक/ मोरङको कटहरी गाउँपालिका–२ मा ट्रकको ठक्करबाट इलामका एक युवकको मृत्यु भएको छ । आज बिहान साढे १० बजे पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्रदेश १–०२–००१ ख ८४३९ नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेका साईकल यात्री इलाम तिल्केनीका २१ बर्षीय सुशिल पौडेललाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाईते भएका पौडेलको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक सप्तरी खडक नगरपालिका–११ का ४० बर्षीय सुरज लालचौधरीलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।